पुन नागरिकता लिँदा प्रक्रिया नपुगेको उजुरी परेपछि रविको दाबी- निस्सा पेस गरिसकेँ

उनले निस्सा नबुझाएको भन्दै उनले उनीविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि फेसबुकमा लेख्ने रविले निस्सा बुझाएरै नेपाली नागरिकता पुन कायम गराएको बताए।

नेपालभ्युज

पुन नागरिकता लिँदा प्रक्रिया नपुगेको उजुरी परेपछि रविको दाबी- निस्सा पेस गरिसकेँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेको दाबी गरेका छन्।

उनले निस्सा नबुझाएको भन्दै उनले उनीविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि फेसबुकमा लेख्ने रविले निस्सा बुझाएरै नेपाली नागरिकता पुन कायम गराएको बताए।

रविले अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्न नसकेकाले नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम पुनः नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पुरा नभएको उजुरीकर्ताको दाबी छ।

रवि, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई रिट निवेदनमा विपक्षी बनाइएको छ।

रविको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गरेका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनको पेसी जेठ १७ गतेका लागि तोकिएको छ।

यसअघि पनि पौडेलले नै दर्ता गरेको रिटका आधारमा रविको गृहमन्त्री र सांसद पद नै सर्वोच्चले खारेज गरिदिएको थियो। रविले सर्वोच्च अदालतको २०७९ माघ १३ को आदेशले कायम नरहेको भनी घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएकाले कायम नरहेको नागरिकताको प्रतिलिपि वैध रहेको र नेपाली नागरिकता कायम रहेको वा पुनः प्राप्त भएको मान्न नसकिने रिटमा माग दाबी रिट निवेदकले गरेका छन्।

रविले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा पेस गर्न लगाउने आदेश भएको र लिखित जवाफमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभागबाट समेत प्रमाणित निस्सा संलग्न गर्न नसकेको दाबी रिट निवेदनमा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved