एजेन्सी। मिठा फलहरूका वरिपरि झिंगाहरू एकदमै छिटो आउने गर्दछन् । जसलाई हटाउन मुस्किल पर्दछ । त्यसैले हामी केही टिप्स दिनेछौं जसलाई अपनाएर तपाईं सजिलै झिंगा हटाउन सक्नुहुन्छ ।
खाना वा फलफूलहरू कुहिन थालेको छ भने त्यसको गन्धले झिंगाहरू आउने गर्दछन् । त्यसैले, फलफूलको वरिपरि सरसफाइ राख्नुहोस् साथै गलेको वा कुहिएको फललाई निकालेर फाल्नुस् । जसले गर्दा अन्य फलमा पनि झिंगा आउनबाट जोगाउँछ।
जहिले पनि फलफूल बजारबाट ल्याएपछि सधैं सफा गरेर मात्र राख्ने गर्नुहोस् । यसरी फलहरूको बाहिर लागेको फोहोरले पनि किराहरूलाई आकर्षित गर्ने गर्दछ । त्यसैले सधैं फलफूल राम्रोसँग सफा गरेर त्यसलाई सुख्खा बनाएर राख्ने गर्नुपर्दछ । जसले गर्दा झिंगाहरू सजिलै आउँदैनन् ।
त्यस्तै, एप्पल साइडर भेनेगरको प्रयोग गरेर पनि फलफूलमा लागेका किरा तथा झिंगालाई हटाउन सकिन्छ । त्यसका लागि एउटा कचौरामा आधा एप्पल साइडर भेनेगर र दुई कप पानी राखेर फलहरूलाई त्यसमा भिजाउने । त्यसलाई प्लास्टिकले र्याप गरेर राखेमा झिंगाहरू बाहिरै जम्मा हुन्छन् ।
यसरी नै अर्को उपाय छ, एउटा स्पे्र बोतलमा ६० प्रतिशत भेनेगर र पानी मिसाउनुहोस् । यसलाई फलहरूमा स्प्रे पनि गर्न सकिन्छ, साथै यसमा फलफूललाई डुबाएर पनि राख्न सकिन्छ । यसो गरेमा फलफूलको वरिपरि पनि किराहरू आउनेछैनन् ।