रुकुममा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु,

रुकुममा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु,

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ को टुरीधारा मोसेखोलामा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

बाँफिकोट गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर केसीका अनुसार २२ दिनको बच्चा र आमा सहित ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ५ कि रेखा केसी, उनका २२ दिनका छोरा, सानीभेरी गाउँपालिका-५ का देउचन खत्री,  कर्णे बाँठामगर र शितला केसी रहेको वडाध्यक्ष केसीले बताए ।

शितलाको उपचारका लागि लैजादै गर्दा बाटोमा र अन्यको घटनास्थलमै मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिका ५ हाँसुबाट मुसिकोट खलंगा तर्फ आइरहेको लु १ ज १७४७ नम्बरको जीप टुरीधारा मोसेखोलामा दुर्घटना भएको हो । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved