काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

नेपालभ्युज

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

काठमाडौं। काठमाडौं उपत्यकामा आज विहीबार सार्वजनिक बिदा छ ।

भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकाका तीन वटा जिल्ला (काठमाण्डौं, भक्तपुर र ललितपुर) मा आज सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी  दिएका छन् ।

आझ दिउँसो साढे ४ बजे ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइनेछ । त्यस बिहान बुङ्गमतीबाट मत्स्येन्द्रनाथको भोटो ल्याइनेछ । यसरी जावलाखेलमा भोटो देखाइसकेपछि फेरि बुङ्गमतीमै पुर्‍याइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved