आईपीएल : लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश

नेपाल भ्युज

आईपीएल : लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश

एजेन्सी। मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ।

चेन्नईमा बुधबार राती भएको एलिमिनेटरमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा पुगेको हो ।  जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ १६.३ ओभरमा १ सय १ रनमा अल आउट भयो ।

लखनऊका मार्कस स्टोइनिसले सर्वाधिक ४० रन बनाए । मुम्बईका आकाश माधवालले ३ ओभर ३ बलमा ५ रन खर्चेर ५ विकेट लिए । क्रिस जोर्डन र पियुष चवालाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ  गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । उसका क्यामरन ग्रीनले सर्वाधिक ४१ रन बनाए ।

लखनऊका नविन उल हकले ४ र यश ठाकुरले ३ विकेट लिए । मुम्बईले अब फाइनल प्रवेशको लागि  शुक्रबार गुजरातसँग खेल्नेछ । शुक्रबार विजयी हुने टोलीले उपाधिको लागि चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved