कपिलवस्तुको मथुरापुरमा आगलागी, तीन घर जले

नेपालभ्युज

कपिलवस्तुको मथुरापुरमा आगलागी, तीन घर जले

कपिलवस्तु। मंगलबार राति कपिलवस्तुमा भीषण आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छन् । बुद्धभूमि नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा केवटसहित ३ जनाको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट लत्ताकपडा, काठपात र अन्नपात लगायतका सामान गरी करिब ६ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved