एजेन्सी । जलेको पोलेको बेला तत्काल अस्पताल पुग्नु अगाडी घरमै केही उपाए अपनाएर दुखाइ कम गर्न सकिन्छ । साथै यस्तो उपाएले संक्रमणबाट पनि जोगाउँछ । डढेको बेला तत्काल के लगाउने ? जानौं ।
तुलसी
तुलसीमा धेरै औषधीय गुण पाइन्छ । तुलसीको पातको प्रयोगले कैयौं प्रकारका समस्या कम गर्न सकिन्छ । जलेको बेला तुरुन्त राहत पाउन तुलसीको पातको रस लगाउनुहोस् । यसलाई लगाउँदा पोल्न कम हुनुका साथै संक्रमण हुन बाट पनि जोगिन्छ ।
एलोबेरा
छाला पोलेको बेला एलोबेरा अर्थात घ्युकुमारी एकदमै फाइदाजनक हुन्छ । यसले घाउलाई छिटै निको पार्ने काम गर्दछ । साथै यसले छालालाई सितल पनि बनाउँछ । छाला पोलेको खण्डमा एलाबेराको पातबाट चोप निकालेर तुरुन्तै लगाउनुहोस् । यसले तपाईंलाई धेरै नै राहत दिनेछ ।
आलू
यदि छाला जल्यो र एकदमै पोलिरहेको छ भने तपाईं आलूको प्रयोग गर्न सक्नुहुन्छ । आलूमा एन्टीइन्फ्लामेटरी गुण हुन्छन्, जसले पोलेको कम गर्दछ । काँचो आलूलाई सिधै काटेर वा पेस्ट बनाएर लगाउन सकिन्छ ।
मह
छाला पोलेको दुखाई कम गर्न मह पनि फाइदाजनक हुन्छ । पोलेको ठाउँमा तुरुन्तै मह लगाउँदा पोल्न कम हुन्छ र फोका उठ्न पनि पाउँदैन ।
नरिवलको तेल
पोलेको ठाउँमा तुरुन्तै उपचार गर्न नरिवलको तेल पनि एकदमै राम्रो घरेलु उपाय हो । जलेको ठाउँमा नरिवलको तेल लगाएमा दुखाई कम हुन्छ । त्यस्तै छालामा दाग पनि बस्दैन ।