बागमती प्रदेश : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश (पूर्णपाठसहित)

नेपालभ्युज

बागमती प्रदेश : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश (पूर्णपाठसहित)

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले मंगलवार आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको क्षेत्र (कर बाहेक) सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठकले स्वीकृति समेत दिएको छ । सो प्रस्तावमाथि बुधवार बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ ।

सार्वजनिक सेवा प्रवाहमा प्रदेश सरकारले गर्ने लगानी अभिवृद्धि गर्ने, असमानता न्यून गर्ने, पर्यटनलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रूपमा विकास गर्ने, पर्यटन क्षेत्रमा रोजगारीका अवसर निर्माणमा बजेट केन्द्रित गर्ने, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रसँग थप सहकार्य गर्ने, विपद् जोखिम न्यूनीकरण र उद्यमशीलता विकासमा बजेट विनियोजन गर्ने, भौतिक विकासमा विपद् व्यवस्थापनलाई आन्तरिकरणमा बजेट केन्द्रित गर्ने लगायतका विषय विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत भएसँगै बैठक बुधवार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

बैठकमा  नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, नेकपा एमालेका तर्फबाट मधुसूदन पौडेल, नेकपा माओवादी केन्द्रको तर्फबाट राधिका तामाङ, राप्रपाका तर्फबाट उद्धव थापा, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल, नेमकिपाका तर्फबाट सुरेन्द्रराज गोर्साइ र हाम्रो नेपाली पार्टीका तर्फबाट शैलेन्द्रमान बज्राचार्यले आफ्नो धारणा राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved