संघीय सरकारले प्रदेशलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखायो : मुख्यमन्त्री शाह

नेपालभ्युज

संघीय सरकारले प्रदेशलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखायो : मुख्यमन्त्री शाह

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् । मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् ।

उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे ।

प्रदेश मातहतमा पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको बताउँदै उनले प्रदेश सरकारले राजश्व संकलन गरिदिए अनुदान दिन्छौं भन्दै एकाधिकार जमाएको बताए । उनले प्राकृति स्रोत प्रदेश मातहतमा आएपनि स्वीकार गर्न नसकेको बताए ।

प्रहरी समायोजन,कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाडमा लडाइ गर्नुपरेको बताए ।

मुख्यमन्त्री शाहले  केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरुमा बाँडफाटमा एकाधिकार गरेको गुनासो गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved