सभामुख र प्रमुख प्रतिपक्षी दलको नेतासहित सुपको सिंगो मन्त्रिपरिषद् सिंहदरबारमा

नेपालभ्युज

सभामुख र प्रमुख प्रतिपक्षी दलको नेतासहित सुपको सिंगो मन्त्रिपरिषद् सिंहदरबारमा

काठमाडौं। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाह सिङ्गो मन्त्रिपरिषदका सदस्यसहित सभामुख र उपसभामुख समेतलाई लिएर काठमाडौं आएका छन्।

उनले टोलीका सबै सदस्यसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेका छन्। सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीहरूसहित मुख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेटेका हुन्।

भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावनाहरू भएर पनि सुदूरपश्चिम पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए।

भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको बताएका थिए । कुनै बेला काठमाडौं आउनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेका सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदरपश्चिम काठमाडौंको धेरै टाढा नरहेको सुनाए।

सुदूरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन उनले सुझाव दिए । ‘सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नुपर्‍यो, सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved