मधेश सरकारबाट किन बाहिरियो माओवादी ?

नेपालभ्युज

मधेश सरकारबाट किन बाहिरियो माओवादी ?

जनकपुरधाम । केन्द्रीय सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

केही दिनदेखि कुन दललाई कुन मन्त्रालय र कतिवटा दिने भन्नेबारे छलफल चलिरहेको थियो । त्यसै बेला मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री थप गरेपछि माओवादी सरकारबाट बाहिरिएको हो ।

माओवादी केन्द्र मधेश प्रदेश दलका नेता भरतप्रसाद साहले सरकारबाट बाहिरिँदै दिएको समर्थन पनि फिर्ता लिएको बताए । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा माओवादीबाट उद्योग वन तथा पर्यटनमन्त्रीका रूपमा सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी थिए ।

त्यसो त दलका नेता साह आफैँ पनि मन्त्री बन्न चाहेको बताइन्छ । राम्रो मन्त्रालय पाएको खण्डमा अब उनी आफैँ मन्त्री बन्ने सोचमा छन् । सरकारबाट बाहिरिएर मुख्यमन्त्री यादवमाथि राम्रो मन्त्रलायको दबाब बढाएको स्रोत बताउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved