लुम्बिनीका तीन मन्त्रीले लिए शपथ, ७ सदस्यीय मन्त्रिपरिषद् गठन

नेपालभ्युज

लुम्बिनीका तीन मन्त्रीले लिए शपथ, ७ सदस्यीय मन्त्रिपरिषद् गठन

दाङ।  लुम्बिनी प्रदेशमा नियुक्त भएका तीनजना मन्त्रीले  पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  तीनै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ (१)बाट निर्वाचित चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धनमा ८ दल भएकाले मन्त्रालय भागबण्डा र आफ्नै पार्टी कांग्रेसभित्रको विवादले मन्त्रीपरिषद्‍ विस्तार रोकिएको थियो । विभागीयमन्त्री अभावमा बजेट निर्माणमा समस्या परेको दबाब बढेपछि मुख्यमन्त्री चौधरीले सोमबार कांग्रेसबाट १, जनमतबाट १, जसपाबाट १ जना मन्त्री थप गरेका हुन् ।

यसअघि, कांग्रेसले मुख्यमन्त्रीसहित ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति गरे पनि अहिले साना दललाई समेत बाँडफाँट गर्नुपरेपछि मुख्यमन्त्री चौधरी अप्ठेरोमा परेका छन् । माओवादीले ३ मन्त्रालयको अडान नछोडेको अवस्थामा अब कांग्रेसले १ जना मन्त्री मात्र थप्न पाउनेछ । त्यसमा पनि सरकारलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved