अन्धविश्वासको व्यापार

सीमान्त केसीलाई प्रहरीले दाङमा लगायो रोक, गोप्यरूपमा उपचार गर्ने भन्दै लागे बाँकेतिर

तुलसीपुरमा रोकेपछि केसी बाँकेको नेपालगन्जतर्फ लागेका छन्। दाङमा कार्यक्रम गर्न नपाएपछि केसीले बाँकेमा कार्यक्रम गर्ने प्रयास गरेका छन्। प्रहरी हस्तक्षेप हुनसक्ने भन्दै उनले गोप्य रूपमा कार्यक्रम गर्ने योजना समेत बनाएका छन्।

नेपालभ्युज

सीमान्त केसीलाई प्रहरीले दाङमा लगायो रोक, गोप्यरूपमा उपचार गर्ने भन्दै लागे बाँकेतिर

काठमाडौं। अलौकिक उपचारका नाममा ठगी गर्दै हिँड्ने कथित ज्योतिषी सीमान्त केसीलाई कार्यक्रम गर्न प्रहरीले रोक लगाएको छ। दाङको तुलसीपुरमा ४ दिनसम्म आयोजना गरिने भनिएको कार्यक्रम रोकिएको हो। केसीका सहयोगीले उपचार गर्न भन्दै बोलाइएका व्यक्तिबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएका थिए।

आइतबारदेखि बुधबारसम्म अलौकिक उपचार गर्ने भन्दै कार्यक्रम आयोजना गरिएको थियो। दाङलगायत छिमेकी जिल्लाबाट तीन सय बढी मानिस गाडीमा ल्याइएको थियो। सल्यान, रोल्पा र बाँकेबाट समेत मानिस ल्याइएको थियो भने कतिपय स्वतःस्फूर्त आएका थिए।

तुलसीपुरमा स्थानीयको एक समूह आयोजक बनेर केसीको उपचारबारे प्रचार गरेको प्रहरीले जनाएको छ। त्यही समूहले विभिन्न जिल्लाबाट मानिसलाई ल्याइको बताइएको छ। आइतबार बिहानैदेखि तुलसीपुर उपमहानगरपालिका–६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा भेटघाट गरिरहेका बेला प्रहरीले त्यस्तो कार्यक्रममा रोक लगायो। बाँकी दिनका कार्यक्रम पनि गर्न नदिइने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए।

छोएको भरमा निको बनाउँछु भन्ने भाइरल ‘सीमान्त गुरु’को ‘क्लिनिक’ प्रहरीले गरायो बन्द

उनले भने, ‘‘हात र अनुहार हेरेर, शरीर छामेर रोग निको पार्ने भन्दै भ्रम फैलाइएको पाइएपछि उक्त काममा रोक लगाएको हो।’ धेरैजसो ग्रामीण भेटबाट आएका र चेतनाको कमी भएका मानिसहरू आएका प्रहरीले बताएका छन्। उनीहरूको भावनामाथि खेलबाड गरेर ठगी गरेको भन्दै कार्यक्रममा रोक लगाइएको प्रहरीले जनाएको छ।

‘‘मानिस भ्रमको पछि लागेको देखियो। जति खर्च गर्दा पनि रोग निको भएको छैन। हात हेरेर उपचार हुन्छ भन्दै गलत प्रचार गरिएपछि रोकिएको हो,’’ प्रहरीले भन्यो।

तुलसीपुरमा रोकेपछि केसी बाँकेको नेपालगञ्जतर्फ लागेका छन्। दाङमा कार्यक्रम गर्न नपाएपछि केसीले बाँकेमा कार्यक्रम गर्ने प्रयास गरेका छन्। प्रहरी हस्तक्षेप हुनसक्ने भन्दै उनले गोप्य रूपमा कार्यक्रम गर्ने योजना समेत बनाएका छन्।

‘सीमान्त गुरु’ले ठगेको भन्दै दाङमा स्थानीयले घेरे, प्रहरीले लगायो कार्यक्रममा रोक

उनी निकट एक व्यक्ति भन्छन् ‘‘हामीले कसैलाई ठगेका छैनौँ। एक हजार शुल्क लिएर उपचार गरिरहेका छौँ। जबरजस्ती छैन। उपचार गर्न चाहने मात्रै आउँछन्। अब हामी गाउँ-गाउँमा गएर गोप्यरूपमै उपचार गर्छौं ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved