कुञ्ज नाटकघरमा ‘आधा-अपूरो’ (तस्वीरहरू)

कुञ्ज नाटकघरमा ‘आधा-अपूरो’ (तस्वीरहरू)

काठमाडौ। थापागाउँ स्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा यही जेठ ५ गतेदेखि नाटक ‘आधा-अपूरो मञ्चन भैरहेको छ।

भारतीय नाटककार स्व. मोहन राकेशद्वारा लिखित ‘आधे अधुरे’ को नेपाली रुपान्तरण गरिएको नाटक शंकर पोखरेलको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो। नाटक ‘आधा-अपूरोले आधुनिक मध्यमवर्गीय परिवारको आन्तरिक कलह तथा समाजमा महिला र पुरुषले एकअर्कामा गर्ने अपेक्षालाई चित्रण गरेको छ।

नाटकमा आफ्नो पति महेन्द्रलाई व्यक्तित्वहीन र परनिर्भर ठान्ने सावित्रीको एउटा पूर्ण मान्छेको खोजीमा भौतारिदाको कथालाई मुख्य रुपमा समेटिएको छ। कतै कुनै व्यक्तिमा पूर्ण मान्छेको विशेषता पाउँने बितिक्कै सावित्री ऊ प्रति आकर्षित हुन्छे।

समयको अन्तरालमा उसलाई पनि अपूरो पाउँछे र निराश भइरहन्छे। अर्कोतर्फ महेन्द्रलाई श्रीमतीले अपमानित गरिरहेको, आफूलाई नियन्त्रण गर्न खोजिरहेको महसुस हुन्छ । त्यसैले उ पटक-पटक टाढा जाने कोसिस गरिरहन्छ तर प्रत्येक पटक हार खान्छ। यस्तै मध्यम बर्गिय परिवारको अपूरो जिवन कथामा नाटक रुमलिएको छ।

काव्य आर्टको प्रस्तुति रहेको नाटक ‘आधा-अपूरोमा राम भजन कामत, मौसम खड्का, सम्झना भट्टराई, सुवास तिमल्सिना, विशाल देवकोटा, शर्मिला नेपाल (निराकार), रोशन चन्द र सन्तोष पोखरेलको अभिनय रहेको छ। निर्देशक शंकर पोखरेलको पहिलो निर्देशनमा तयार भएको नाटक यहि जेठ २२ गतेसम्म मञ्चन हुनेछ।

नाटक सोमबार बाहेक हरेक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो अतिरिक्त १ बजे मञ्चन हुने आरोहण गुरुकुलले जनाएको छ। तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved