मण्डलामा शेक्सपियरको ‘म्याकबेथ म्यासाकर’ मञ्चन

नेपालभ्युज

मण्डलामा शेक्सपियरको ‘म्याकबेथ म्यासाकर’ मञ्चन

काठमाडौं । मण्डला नाटकघरमा विलियम शेक्सपियरको ‘म्याकबेथ’ माथि बनेको नाटक ‘म्याकबेथ म्यासाकर’ ओपरा सङ्गीतसहित मञ्चन भइरहेको छ । वान वल्र्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गरेको  नाटक दुई घण्टा ४५ मिनेटको रहेको छ ।

‘नाटकको भावनालाई सङ्गीतले उठाइदिएको थियो । त्यसैले हामीले सङ्गीत राख्ने योजनासहित अमेरिकाबाट ओपेराकै सङ्गीतकर्मीहरुलाई बोलायौँ’, निर्देशक मेरोलाले भनिन् ।

अङ्ग्रेजी भाषाको नाटकमा विदेशीसँगै नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । यसमा राजकुमार पुडासैनी, सजक राणा, शिशिर सिवाकोटी, पशुपति राई, सरोज अर्याल, सन अधिकारी, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

नाटकमा कलाकार पुडासैनी म्याकबेथ र कलाकार एन्डी डेभिस म्याकबेथ पत्नीका रुपमा प्रस्तुत भएका छन् । नाटककी कलाकार राईले नाटकसँग नेपाली दर्शक जोडिने बताईन् । उनले भनिन्, ‘नाटकमा सत्ताका लागि गरिने खिचातानी र त्यसले मानिसमा पार्ने प्रभाव देखाइएको छ । सामाजिक र राजनैतिक घटनाक्रम नेपाली समाजसँग पनि मिल्दो रहेको छ ।’

जेठ ५ बाट सुरु भएको यो नाटक जेठ १४ गतेसम्म मात्र मञ्चन हुनेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved