सुदूरपश्चिम प्रदेश सरकार विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

धनगढी। सुदूरपश्चिममा प्रदेश सरकार विस्तार गरिएको छ। शनिबार मुख्यमन्त्री कमलबहादुर शाहीले सरकार विस्तार गरेका हुन्।

जसअनुसार उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काङ्ग्रेसका पृथ्वीबहादुर सिंहलाई, सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रका झपटबहादुर साउदलाई र वन पर्यटन तथा वातावरण मन्त्रीमा माओवादीकै रमेशसिंह धामीलाई नियुक्त गरेका हुन्।

यस्तै, माओवादीकी गितादेवी माल वन पर्यटन तथा वातावरण राज्यमन्त्री बनेकी छन्। मन्त्रीत्रयले आज प्रदेश प्रमुख देवराज समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। भने राज्यमन्त्री मालले मुख्यमन्त्रीबाट zपथ लिइन्। नेपाली कांग्रेसका सिंह बझाङबाट निर्वाचित भएका थिए भने माओवादी केन्द्रका साउद अछाम र माओवादीकै धामी कैलालीबाट निर्वाचित भएका थिए।

नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि २ जनाको नाम दिएको थियो तर दुवैले शपथ लिएनन्। नागरिक उन्मुक्तिले मन्त्री नलिएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved