उपाध्यक्ष सापकोटाको नेतृत्वमा २० माओवादी नेताहरू चीन गए

नेपालभ्युज

उपाध्यक्ष सापकोटाको नेतृत्वमा २० माओवादी नेताहरू चीन गए

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरू चीन प्रस्थान गरेका छन् । उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि शुक्रबार नेताहरू त्यतातर्फ प्रस्थान गरेका हुन् ।

पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० सदस्यीय टोली चीन प्रस्थान गरेको हो ।

भ्रमण दलमा सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य, प्रदेश अध्यक्षहरूसहित केन्द्रीय नेताहरू रहेका छन् ।

यसअघि प्रमुख प्रतिपक्षी दल एमाले नेताहरूले चीनको भ्रमण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved