दाङमा दुईवटा बस ठोक्किँदा एक जनाको मृत्यु, २४ जना घाइते

नेपालभ्युज

दाङमा दुईवटा बस ठोक्किँदा एक जनाको मृत्यु, २४ जना घाइते

दाङ। दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

दुर्घटनामा रोल्पा रुन्टीगढी ७ निवासी ४२ बर्षीया  सोभा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् । बारा जिल्लाबाट इँटा भट्टामा काम गरेर घर रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो ।

११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ । घाइतेहरूलाई उपचारका लागि बुटवल र नेपालगन्ज रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved