मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा

नेपालभ्युज

मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा

काठमाडौं। मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा आएको छ । कावासोतीका कृष्ण गैरेले वर्तमान परिस्थिती अनुसारको गीत ‘मुटु रेटिन्छ’ बजारमा ल्याएका हुन् ।

उनको आफ्नै युट्युब च्यानल ‘विहानी क्रियसन च्यानल’ मार्फत गीत बजारमा आएको हो । १ दर्जनभन्दा बढी नेपाली लोक गीतमा स्वर दिइसकेका गैरेको पछिल्लो गीतमा मिटरब्याजी साहु, लघुवित्त तथा सहकारीको चर्को ब्याजका कारण घरखेत गुमाउन पुगेका र आत्महत्यासम्म गर्न भएकाहरुको कथा समेटिएको छ ।

यस गीतमा मुख्य कलाकारको रुपमा अभिनेता रवि गिरी, निक्स शर्मा र जुना गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन् ।

त्यसैगरी अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा विश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापाले पनि यस गीतमा अभिनय गरेका छन् । कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द रहेको यस गीतको लय नन्दु परियार र संगीत संयोजन विनोद बाजुरालीको रहेको छ ।

म्युजिक भिडियोका सम्पादन तथा निर्देशन हुम गैरेले गरेका छन् भने छायांकन रोशन तामाङको रहेको छ । गायक गैरेले यस गीतले आफ्नो सांगितिक क्षेत्रमा थप उचाई थपिने विश्वास व्यक्त गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved