सभामुखले सिक्न खोज्दा जब गाडी पर्खालमा ठोक्कियो !

गाडी आफैं चलाउँछु भन्दा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले कार्यालयको गाडी दुर्घटना गराएका छन्।

नेपालभ्युज

सभामुखले सिक्न खोज्दा जब गाडी पर्खालमा ठोक्कियो !

काठमाडौं। गाडी आफैं चलाउँछु भन्दा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले कार्यालयको गाडी दुर्घटना गराएका छन्। स्रोतका अनुसार उनले गाडी चलाउन सिक्दै थिए।

सभामुख घर्तीले सिक्ने क्रममा लु १ झ ४५२ नम्बरको गाडी दुर्घटनामा परेको हो। लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी भएपनि  हाल सभामुख निवास भने बुटवलको रामनगरमा रहेको छ।

सभामुखले दुर्घटना गराएपछी घटना सामसुम पार्न एक जना व्यवसायी मार्फत बुटवलको ग्यारेजमा लगेर महेन्द्रा स्कारपियो पिकअप जिप मर्मत भैरहेको छ। गाडी सभामुख निवासको कम्पाउण्ड भित्रैको पर्खालमा ठोक्किएको हो । गाडीको अगाडीको भागमा क्षती भएको र सीसा समेत फुटेको थियो।

सभामुख घर्तीकै आदेशमा दुर्घट्नाग्रस्त जिपलाई महेन्द्रा कम्पनीको एक ग्यारेजमा मर्मतका लागि लगिएको र थप ममर्तका लागि बुटवलकै बेलवास स्थित एक अटोवर्कसपमा लगिएको स्रोतले बतायो। गाडी मर्मतमा जेजती खर्च आएपनि सभामुख मार्फत ब्यहोर्ने भएकोले  बाहिर हल्ला नगर्न समेत कर्मचारी र सचिवालयलाई दबाब दिइएको समेत बताईएको छ।

गत वैशाख १ गते पनि सभामुखकै सचिवालयका एक कर्मचारीले लु १ झ ४४७ नम्बरको टाटा स्ट्रोम जिप सिक्ने क्रममै दुर्घटनामा परेको थियो। त्यतिबेला दुर्घटनामा विद्युतको पोल ढलेको थियो भने अहिले सभामुखले सिक्दा कम्पाउण्ड भत्किएको छ। सचिवालयका कर्मचारीले सिक्दा दुर्घटना भएको गाडी हाल प्रहरी कार्यालय रामनगर रहेको बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved