शेषमतीमा बाइकलाई ठक्कर दिँदै बस खोलामा खस्यो, एकको मृत्यु, नौ घाइते

नेपालभ्युज

शेषमतीमा बाइकलाई ठक्कर दिँदै बस खोलामा खस्यो, एकको मृत्यु, नौ घाइते

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-८ मा मिनी बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।

काभ्रेस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ६३६७ नम्बरको मिनीबसले शेषमती पुलनजिकै बा.४९ प ७०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सख्त घाइते भएका ५० वर्षीय सप्तरीका गजेन्द्र गुप्ताको उपचारका क्रममा मृत्यु भएको हो ।

बालाजु प्रहरी वृत्तकाका अनुसार बुधबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा सख्त घाइते भएका गुप्ताको उपचारको क्रममा ग्रिनसिटी अस्पलाल वसुन्धरामा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved