‘भीआईपी’लाई हिरासतमा ज्वाइँसरहको सुविधा, ‘डिलक्स’ रुममा टिभी हेर्दै मिठा व्यञ्जन !

अपराधका प्रकृति एउटै भए पनि सर्वसाधारण र भीआईपीले फरकफरक सुविधा पाइरहेका छन्। अन्य थुनुवा चिसो भुईँमा लामखुट्टेसँग लडिरहँदा भिआइपी भने ‘डिलक्स रुममा’ ऐसआराम गरिरहेका छन्।

नेपालभ्युज

‘भीआईपी’लाई हिरासतमा ज्वाइँसरहको सुविधा, ‘डिलक्स’ रुममा टिभी हेर्दै मिठा व्यञ्जन !

काठमाडौं। सर्वसाधारण अभियुक्तका लागि प्रहरीले एउटै थुनुवा कक्षमा धेरैजना राख्ने गर्छ। जहाँ दैनिक दर्जनौँ थुनुवा रहन्छन्। साँघुरो कोठामा धेरै जनालाई कोचेर राखिन्छ। हावा आउजाउ गर्ने ‘भेन्टिलेसन’ नहुँदा गह्नाउने कोठामा उडुस उपियाँको रजाइँ हुन्छ। अझ काठमाडौं प्रहरी परिसरको हिरासत कक्षमा कम्तीमा ४० थुनुवा रहने गर्छन्। सरसफाइको कमीले हिरासत कक्ष फोहोर छ।

लामो समयपछि काठमाडौं प्रहरीको हिरासतमा ‘भीआईपी’ ले प्रवेश पाएका छन्। तर, ती भीआईपीलाई प्रहरीले अरूसँगै राखेन। विशेष आतिथ्यताका साथ डिलक्स रुम बनाएरै राखेको छ। अपराधको प्रकृति एउटै भए पनि सर्वसाधारण र भीआईपीले फरक-फरक सुविधा पाइरहेका छन्।

सामान्य थुनुवा चिसो भुइँमा लामखुट्टेसँग लडिरहँदा भीआईपी बन्दी ‘डिलक्स रुममा’ ऐसआराम गरिरहेका छन्। यसरी हिरासत भित्रै विशेष सुविधा पाउनेमा पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण छन्।

‘टोपबहादुर दाइ राति लुसुक्क मेरो घरमा आउनुभयो, केहीबेरमै प्रहरी पनि आइपुग्यो’

तत्कालीन सभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा जबर्जस्ती करणी मुद्दामा १९ असोज २०७६ मा गते पक्राउ परेका थिए। उनलाई सिंहदबार प्रहरी वृत्तको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो। यद्यपि, महराले पछि  सफाइ पाएका थिए।

अहिले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु’ भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाण हिरासतमा छन्, तर अरू बन्दीलाई राखिने कोठामा होइन। यसअघि, डीएसपी बस्दै आएका एटेच बाथरुमसहितको कोठामा उनीहरूलाई राखिएको छ। तत्कालीन सभामुख एवं माओवादी नेता महरालाई राखिएको हिरासतको पनि विशेष कक्षमा सचिव टेकनारायण पाण्डेलाई राखिएको छ। उनी निजामती कर्मचारीतर्फ विशिष्ट श्रेणीका हुन्।

‘जे सोध्नु छ, यहीँ सोध्नु’ भन्दै प्रहरीलाई थर्काएपछि खाणलाई पुर्जी थमाएर पक्राउ गरियो

खाणलाई परिसरको हिरासतमा नराखी डीएसपी भरतबहादुर शाहको कार्यकक्षमा बस्ने व्यवस्था मिलाइएको छ। शाह तेस्रो वरीयताका अधिकृत हुन्। प्रहरीमा वरीयताअनुसार कार्यरत अधिकृतको कोठा तोकिन्छ । कोठामा सुविधा पनि सोहीअनुसार हुन्छ । खाणलाई राख्नको लागि प्रहरीले शाहको कार्यकक्षमा राखिएका टेबुल–कुर्सी खाली गरेर सुत्ने खाटको व्यवस्था गरेको छ। कोठामा सोफाको समेत व्यवस्था छ।

फराकिलो कोठामा खाण एक्लैका लागि टेलिभिजनसहितको व्यवस्था छ। ओढ्ने–ओछ्याउने भने खाणलाई घरबाटै आएको छ । खान मन लागेका चिजसमेत घरबाटै ल्याइन्छ। उनले भेटघाट पनि गर्न पाएका छन्।

रायमाझीलाई त अझ खाणलाई भन्दा विशेष सुविधा छ। उनको कोठा खाणको भन्दा फराकिलो र राम्रो छ। प्रयोग गर्ने शौचालय र बाथरुम सुविधाजनक र सफा छ। एक प्रहरी अधिकारीले भने ‘‘ओढ्ने र ओछ्याउने घरबाटै आएको छ। खानको लागि मिठो मसिनो दिनमा तीनपटक उतैबाट आउँछ। टीभी हेर्दै मन लागेको खाँदै बस्नुहुन्छ।’’

छोराको कसम खाँदै आरजुको प्रस्टीकरण- ‘शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन’

पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणलाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय र काठमाडौं जिल्ला अदालत परिसरमा उपस्थित गराउँदा हतकडी पनि लगाएन । जबकि, अन्य अभियुक्तलाई हतकडी लगाएर उपस्थित गराइएको थियो । सर्वसाधारणले रायमाझी र खाणलाई पनि हतकडी लगाउन माग गर्दै नाराबाजी गरेका थिए।

स्वास्थ्य र सुरक्षाका कारण केही विशेष प्रबन्ध गरिएको प्रहरीको दाबी छ। प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने, ‘उहाँ परिसरकै हिरासतमा हुनुहुन्छ । स्वास्थ्य र सुरक्षाका कारण उहाँका लागि केही विशेष प्रबन्ध गरिएको हो । यसमा अन्यथा केही होइन ।’

श्रीमान् हिरासतमा हुँदा पनि भेट्न नआएकी मञ्जुको मोबाइल अफ, फेसबुक ‘डिएक्टिभ’

प्रहरीले यो प्रकरणमा जोडिएका र निकट सम्बन्ध रहेकालाई फरक-फरक ठाउँमा राखेको छ। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पनि परिसरकै हिरासतमा छन्। उनलाई भने अरू बन्दीलाई राखिने कक्षमै राखिएको छ। तर, राईलाई धेरै जनासँग सम्पर्क नहुनेगरी राखिएको छ। मुख्य आरोपित भनिएका दाङका सन्देश शर्मा र मोरङका केशव दुलाललाई फरक-फरक ठाउँमा राखिएको छ। शर्मालाई दरबारमार्ग र दुलाललाई कालीमाटी प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

घटनाका अभियुक्तलाई एउटै हिरासतमा राख्दा बयान फेर्ने वा प्रमाण लुकाउन गोप्य साँठगाँठ हुने भएकाले फरक ठाउँमा राखिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं एआईजी श्यामलाल ज्ञवाली बताउँछन् । उनले भने, ‘‘अहिले आरोपीको भूमिका अनुसार हिरासतमा राखिएको छ।’’

सम्बन्धित समाचार-

प्रहरी घेरामा टोपबहादुरको बडी ल्याङग्वेज : मुस्कानले छोप्न खोज्दै अपराध ! (फोटो फिचर)

बिन्दास पारामा अदालत छिरेका टोपबहादुर निस्किए निराश मुद्रामा

टोपबहादुरले सरकारी वकिलको कार्यालय पुगेपछि मुस्कुराउँदै हात हल्लाए

संगठित अपराधमा ठूला नेता पक्रन सुरू, कानुनी छिद्रबाट उम्काउने दुस्साहसमा नेतृत्वको साँठगाँठ !

बालकृष्ण खाण पक्राउ परेको दुईदिन बित्दा पनि भेट्न गइनन् पत्नी मञ्जु

यस्तो छ खाण पक्राउ पर्नुको कारण, उनी गृहमन्त्री हुँदा बनाइएको थियो नक्कली प्रतिवेदन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved