इन्टरनेट शुल्क आफूखुसी नबढाउनू : दूरसञ्चार

नेपालभ्युज

इन्टरनेट शुल्क आफूखुसी नबढाउनू : दूरसञ्चार

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई तोकिएकोभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ।

केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो।

प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको बताएको छ ।

शुल्क/महसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउँछन् ।

हालसालै कुनै पनि सेवा प्रदायकलाई महसुल बढाउने अनुमति प्रदान नगरिएको प्राधिकरणले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved