एजेन्सी। बढ्दो प्रदूषण तथा परिवर्तित जीवनशैलीले गर्दा हरेक मानिसलाई विभिन्न स्वास्थ्यसम्बन्धी अनेक समस्याहरू देखिन थालेका छन् । जसमध्ये कपाल टुक्रिने, झर्ने चायाँ पर्नेजस्तो तनाव हिजोआज हरेक मानिसलाई हुन थालेको छ ।
कसैको कपाल झर्ने समस्या चायाँले पनि हुने गर्दछ । त्यसैले, यदी टाउकोमा चायाँ परेको छ भने सबैभन्दा पहिला त्यसको उपचार एकदमै अनिवार्य हुन्छ । तोरीको तेललाई अन्य सामग्रीसँग मिसाएर यसरी चायाँ नियन्त्रण गर्न सकिन्छ।
तोरीको तेल र दही
चायाँको समस्याबाट छुट्कारा पाउनका लागि तोरीको तेल र दहीको प्रयोग गर्न सकिन्छ । यसका लागि एक चम्चा तेल र दुई चम्चा दही मिसाएर कपालमा लगाउने । आधा घण्टा उक्त मिश्रणलाई टाउकोमै राख्ने र माइल्ड स्याम्पुले कपाल धुने गरेमा केही दिनमै चायाँको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
तोरीको तेल र कागती
तोरीको तेल र कागतीको रस पनि चायाँको राम्रो उपचार हो । यसका लागि दुई चम्चा तोरीको तेल र एक चम्चा कागतीको रस मिसाउनुहोस् । अब उक्त मिश्रणलाई कपालमा लगाएर केहीबेर छोड्ने र माइल्ड स्याम्पुले कपाल धुने गरेमा चायाँको समस्या कम हुँदै जान्छ ।
तोरीको तेल र एलोभेरा जेल
चायाँको समस्याबाट छुट्कारा पाउनका लागि तोरीको तेलमा एलोभेरा जेल मिसाएर लगाउन पनि सकिन्छ । दुई चम्चा तेलमा थोरै एलोभेरा जेल मिसाएर कपालमा लगाउँदा चायाँको समस्या कम हुन्छ ।
तोरीको तेल र मेथीको बिउ
चायाँबाट छुट्कारा पाउनका लागि तोरीको तेलमा मेथी मिसाएर पनि लगाउन सकिन्छ । यसका लागि तोरीको तेल तताउने र उक्त तेलमा मेथीको दाना राखेर कालो हुँदासम्म तताउने । उक्त तेल मनतातो भएपछि टाउकोमा हल्का मसाज गर्दै लगाउने केहीबेर राखेर माइल्ड स्याम्पुले कपाल धुने गरेमा चायाँ कम हुँदै जान्छ ।
Facebook Comment
Comment