माइतीघरमा नागरिक अगुवाको प्रदर्शन

नेपालभ्युज

माइतीघरमा नागरिक अगुवाको प्रदर्शन

काठमाडौं । नागरिक अगुवाले भ्रष्टाचारविरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  भ्रष्टाचारीलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै प्रदर्शन आयोजना गरिएको हो ।

प्रदर्शनमा सहभागीले करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरूको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको धारणा राखे ।

बिरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरू जन्मिरहेको बताए । उनले क्षणिक स्वार्थमा अहिलेका नेताहरूले काम गरिरहेको र देश अफ्ठ्यारोमा पर्दा विदेश भागेर जाने आरोप लगाए ।

प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताइन् । उनले सरकारले जनतालाई आँखामा छारो हालिरहेको बताए ।

प्रदर्शनकारीहरूले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरूले ठगिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved