भ्रष्टाचारविरुद्ध वाईसीएलको प्रदर्शन (तस्वीरहरू)

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई पक्राउ गरिसकेको छ ।

भ्रष्टाचारविरुद्ध वाईसीएलको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जनवर्गीय सङ्गठनहरूले नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै प्रदर्शन गरेका छन् ।

वाईसीएल बागमती समितिको नेतृत्वमा माओवादी केन्द्रसम्बद्ध सङ्गठनहरू सहभागी भएको प्रदर्शनमा सङ्गठित भ्रष्टाचारीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

प्रदर्शनमा पूर्वमाओवादी नेता तथा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध चर्को नाराबाजी गरिएको छ । उनीहरूले रायमाझीलाई एमालेले लुकाएको आरोपसमेत लगाएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई पक्राउ गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved