विभिन्न मागसहित आन्दोलनमा शिक्षकहरू (तस्वीरहरू)

उपत्यकासहित चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट आएका शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।

विभिन्न मागसहित आन्दोलनमा शिक्षकहरू (तस्वीरहरू)

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसनिकट नेपाल शिक्षक महासङ्घले  काठमाडौंमा आन्दोलन गरेको छ । आव २०८/०८१ को बजेटमा आफ्ना विभिन्न मागहरू समावेश गर्न माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।

शुक्रबार माइतीघर मण्डलामा आन्दोलित उनीहरूले बजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब बृद्धि हुनुपर्ने, तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्नुपर्ने, तलब मासिकरूपमा भुक्तानी दिनुपर्ने, शिक्षामा गर्ने लगानी कूल बजेटको २०% गराउनुपर्ने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षकसरह तलब दिलाउनुपर्नेलगायतका माग गरेका छन् ।

उपत्यकासहित चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट आएका शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved