१० दिने विपश्यनाका लागी नेपाल आएका आमिर खान पाँचदिनमै फर्किए

बलिउडका प्रख्यात नायक आमिर खान विपश्यना (ध्यान) बीचैमा छाडेर स्वदेश फर्किएका छन्। विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान इन्डिगो एयरलाइन्सबाट भारत फर्किए।

नेपालभ्युज

१० दिने विपश्यनाका लागी नेपाल आएका आमिर खान पाँचदिनमै फर्किए

काठमाडौं। बलिउडका प्रख्यात नायक आमिर खान विपश्यना (ध्यान) बीचैमा छाडेर स्वदेश फर्किएका छन्।

विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन्।

बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको शिविरमा उनी सहभागी भएका थिए। उनी पाँच दिनसम्म त्यहाँ रहे। ध्यान विधि १० दिनको हुने भए पनि उनी पाँच दिन मात्रै बसे।

उनको ध्यान जेठ ४ गते सकिने तय थियो । तर पारिवारिक समस्या परेपछि उनी पाँच दिन अगावै स्वदेश फर्किएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved