एजेन्सी । कैयौं पटक हामीहरु हतार भएको बेला आवश्यक चीज कसैसँग मागेर पनि चलाउँछौं । जुन कुरा सधैं भरी सही नहुन पनि सक्छ । आउनुहोस् जानौं त्यस्ता केही चीजहरु छन् जो बिना पैसा कसैले दिँदैमा प्रयोग गर्नु हुँदैन ।
नुन
खाना बनाउँदा बनाउँदै नुन सकियो भने छिमेकमा मागेर काम चलाउने बानी धेरैको हुन सक्छ । तर यस्तो गर्नु हुँदैन । नुन जहिले पनि आफैले किनेर मात्र प्रयोग गर्नुपर्दछ ।
दही
धेरै व्यक्तिहरुले आफ्नो घरमा दही जमाउनका लागि पनि छिमेकीसँग थोरै दही मागेर ल्याउने गर्दछन् । तर घरको शान्तिको लागि यस्तो कुरा राम्रो मानिँदैन । त्यसैले दही जहिले पनि किनेर मात्र सेवन गरौं ।
सुई
सुई कहिलेकाही घरमा प्रयोग हुने चीज हो । तर कतिपयले दिनहुँ प्रयोग नुहने भएकाले मागेर पनि काम चलाउने गर्दछन् । तर त्यसो गर्दा घरमा झगडा हुने मान्यता रहेको छ ।
फलामले बनेको चीज
फलामको सिधा सम्बन्ध शनी देवतासँग मानिन्छ त्यसैले यसको लेनदेन पनि बिना पैसा गर्नु हुँदैन । यसलाई मागेर प्रयोग गर्ने गरेमा घरमा आर्थिक समस्या निम्तिन सक्ने सम्भावना हुन्छ ।
तोरीको तेल
तोरीको तेल पनि बिना पैसा कसैसँग मागेर प्रयोग गर्नु हुँदैन । यसो गरेमा शनी दशा लाग्न सक्ने सम्भावना हुन्छ ।
कालो तिल
त्यस्तै अर्को चीज रहेको छ कालो तिल । यसले धनको हानी हुने सम्भावना बढेर जान्छ । त्यसैले भुलेर पनि कालो तिल मागेर प्रयोग गर्नु हुँदैन । यी बाहेक अन्य चीजहरु रुमाल, सलाई, पूजाका सामग्री आदि पनि बिना पैसा कसैले दिएको लिनु हुँदैन ।
Facebook Comment
Comment