५ सय ५६ वटा चौंरीको पुच्छरसहित महाेत्तरीबाट ४ जना पक्राउ

५ सय ५६ वटा चौंरीको पुच्छरसहित महाेत्तरीबाट ४ जना पक्राउ

जनकपुरधाम। सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका ३ मा रहेकाे मलिवाडा बसपार्कबाट पाँच सय ५६ वटा चौंरी गाईको पुच्छरसहित चार जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा जलेश्वरकै विकासकुमार महत्तो, धादिङको गजुरी गाउँपालिका ८ का ३६ वर्षीय उमेशबहादुर बस्नेत, बाराको सिमरा नगरपालिका १ का ६० वर्षीय सुमन मान्नधर र धनुषाको हंसपुर नगरपालिका ४ का ३७ वर्षीय मोहमद अजिन रहेका सशस्त्र प्रहरीले जनाएकाे छ ।

काठमाडौंबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको बसबाट मलिवाडा बसपार्कमा चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले चार जनालाई पक्राउ गरेकाे हाे । बरामद भएकाे चाैरी गाईकाे पुच्छरकाे बजार मूल्य २८ लाख ३० हजार रुपैयाँ रहेकाे बताइएकाे छ ।

पक्राउ परेकाहरूलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीका लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved