युक्रेनमा तत्काल शान्ति वार्ता सम्भव छैन : राष्ट्रसंघ प्रमुख

नेपालभ्युज

युक्रेनमा तत्काल शान्ति वार्ता सम्भव छैन  : राष्ट्रसंघ प्रमुख

मड्रिड । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन् ।

रूस र युक्रेनका नेताहरूले दोस्रो विश्वयुद्धको अन्त्यको अवसरमा आयोजित कार्यक्रममा विजय हासिल गर्न आह्वान गरिरहेका बेला उनको यो भनाइ आएको हो ।

संयुक्त राष्ट्रसंघका प्रमुखले स्पेनी दैनिक एल पाइसलाई दिएको अन्तर्वार्तामा भने, ‘दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन छन् र उनीहरूले युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त छन् ।’

भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव भएपनि तत्काल कुनै पक्ष यसका लागि तयार नदेखिएको उनले बताएका हुन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायर भिक्ट्री डे परेडमा विश्व ‘टर्निङ प्वाइन्ट’मा रहेको र रूसविरुद्ध ‘युद्ध’ सुरु भएको दाबी गरेका थिए ।

त्यसको अघिल्लो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाजीवादलाई परास्त गरेझैं रूसी सेनालाई पनि परास्त गरिने बताएका थिए ।

युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चीनले दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन ग्याङले यसै साता युरोपको भ्रमण गर्ने घोषणा गरेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved