भ्रष्टाचारविरुद्ध विवेकशील साझाको प्रदर्शन (तस्वीरहरू)

नेपालभ्युज

भ्रष्टाचारविरुद्ध विवेकशील साझाको प्रदर्शन (तस्वीरहरू)

काठमाडौ। ‘भीआईपी भ्रष्टाचार’ को विरोध गर्दै आज काठमाडौंको माइतीघरमा विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ।

हालै छानबिनमा रहेको नक्कली शरणार्थी काण्डमा मुछिएका भीआपी भ्रष्टाचारीलाई सरकारले बचाउन खोजेको भन्दै विवेकशील साझा प्रदर्शनमा उत्रिएको हो।

प्रदर्शनमा पार्टीका नेता मिलन पाण्डे, रञ्जु दर्शना लगायतको सहभागिता रहेको छ। सरकारले भ्रष्टाचार काण्डमा मुछिएका ‘ठूला माछा’ लाई उम्काउन खोजेको उनीहरूको आरोप छ।

विवेकशील साझाले नक्कली शरणार्थी काण्डमा पक्राउ पुर्जी जारी भएका र त्यस काण्डमा नाम जोडिएका सबैलाई पक्राउ गरी छानबिन गर्नसमेत माग राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved