काठमाडौंका अव्यवस्थित तारहरू हटाउँदै महानगर (तस्वीरहरू)

काठमाडौंका अव्यवस्थित तारहरू हटाउँदै महानगर (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तारहरू हटाउन सुरु गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तारलाई व्यवस्थित बनाउने काम थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू र काठमाडौं महानगरपालिका बीच आइतबार भएको सहमति अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्युरोड क्षेत्रका सडक किनारका पोलहरूमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तारलाई हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम सुरु भएको काठमाडौं महानगरले जनाएको छ।

अव्यवस्थित तारले शहरी सुन्दरतामा ह्रास आएपछि र दुर्घटनाको जोखिम बढेपछि यसअघि महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिएको थियो।

दूरसञ्चार प्राधिकरणले तार व्यवस्थापनका लागि माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्युरोड–वसन्तपुर हुँदै असन, माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरीको रुट निर्धारण गरिएको छ।

यसैगरी, डिल्लीबजार–अनामनगर हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर, नक्शाल–बालुवाटार हुँदै शीतलनिवास, माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर–अस्कल–रानीबारी हुँदै सामाखुसी, सोह्रखुट्टे–ढल्को–ताहचाल हुँदै स्वयंभु, सिनामंगल–पुरानोबानेश्वर हुँदै गौशाला, गौशाला–बौद्धनाथ र कालिमाटी–कुलेश्वर हुँदै बल्खुको रुट प्लान पनि बनाइएको छ ।

महानगरपालिकाले अव्यवस्थित तारहरू हटाउँदै गरेका केही तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved