पत्रकार मदन भण्डारी पक्राउ

नेपालभ्युज

पत्रकार मदन भण्डारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी ईश्मा गाउँपालिका–४ घर भइ काठमाण्डाैको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भण्डारीलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका पत्रकार भण्डारी सुरक्षा न्युज डटकमका प्रबन्ध निर्देशक हुन् ।

भण्डारीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो । उजुरी परेपछि काठमाण्डाै जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved