सडकमै साकेला : कोशी प्रदेश नामकरण खारेजको माग गर्दै सिली (तस्वीरहरू)

०७९ फागुन १७ गते बसेको प्रदेश सभा बैठकले तत्कालीन प्रदेश नं. १ को नाम कोशी पारित गरेसँगै पहिचान पक्षधर समुदाय आन्दोलित छन् । यसैक्रममा उनीहरूले यसपटकको उभौली सडकमै मनाएका हुन् ।

सडकमै साकेला : कोशी प्रदेश नामकरण खारेजको माग गर्दै सिली (तस्वीरहरू)

काठमाडौं । यसपटकको उभौली साकेला सडकमै नाचेर मनाइएको छ । किरातलगायतका पहिचान पक्षधर समुदायले विरोधस्वरूप सडकमै नाचेर उभौली साकेला मनाएका हुन् ।

०७९ फागुन १७ गते बसेको प्रदेश सभा बैठकले तत्कालीन प्रदेश १ को नाम कोशी पारित गरेसँगै पहिचान पक्षधर समुदाय आन्दोलित छन् । यसैक्रममा उनीहरूले यसपटकको उभौली साकेला पनि विरोधस्वरूप सडकमै नाचेर मनाएका हुन् ।

माइतीघर मण्डलमा जम्मा भएका पहिचानवादीहरूले नयाँ बानेश्वर चोकसम्म नाच्दै-नाच्दै सिलीसमेत प्रस्तुत गरेका छन् । ‘प्रदेशको नाम कोशी खारेज गर’, ‘पहिचानको आधारमा प्रदेश नं. १ को पुन: नामाकरण गर’लगायतका पर्चा बोकेका उनीहरूले नाराबाजीसमेत गरेका छन् ।

किरातजन्य संस्थाहरूको आयोजना, प्रदेश नं. १ पुन:नामकरण संयुक्त सङ्घर्ष समितिको संयोजन तथा किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खा ललितपुर, भक्तपुर र काठमाडौंसँगै किरात याक्थुम चुम्लुङ, नेवा ताम्सालिङ प्रदेश समिति काठमाडौं, भक्तपुर र ललितपुरको व्यवस्थापनमा सम्पन्न उभौली साकेलामा सहभागीहरूले कोशी प्रदेश नामकरण खारेज गरेर पहिचानको आधारमा पुन:नामकरण गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved