बुद्ध जयन्तीमा बौद्वनाथ परिसर (तस्वीरहरू)

बुद्ध जयन्तीमा बौद्वनाथ परिसर (तस्वीरहरू)

काठमाडौं । शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज बौद्धधर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै छन्।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन नेपाल लगायतका बौद्ध धर्मावलम्बीहरु भएको देसमा बुद्ध जयन्ती मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएकोले यस दिन बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ।

यस दिन भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।

बुद्ध जयन्तीको दिन काठमाडौंको बौद्धनाथ परिसरमा खिचिएका तस्वीरहरू-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved