मण्डला थिएटरमा ‘जून’ (तस्वीरहरू)

मण्डला थिएटरमा ‘जून’ (तस्वीरहरू)

काठमाडौ। थापागाँउमा अबस्थित मण्डला थिएटरमा यहि बैशाख १५ गतेदेखि नृत्यनाटक ‘जून’ मञ्चन भैरहेको छ।

आमा गुमाएकी एक पात्रको कथामा केन्द्रीत रहेको नृत्यनाटक ‘जून’ मा सौतेनी आमा आएपछि पात्रले भोग्नुपर्ने चुनौती र त्यसबाट मुक्त हुन गरेको संघर्षलाई नृत्य मार्फत प्रस्तुत गर्न खोजिएको छ।

नृत्यनाटकमा मुख्य पात्र जूनको ८ देखि १८ वर्ष उमेर सम्मको संघर्षको कथा समेटिएको छ। स्थेस्टिक डान्स स्टुडियोको प्रस्तुति रहेको नाटक ‘जून’ लाई नम्रता केसीले कोरियोग्राफी, परिकल्पना र निर्देशन गरेकी छिन्।

मनिषा बस्नेत, मेलिशा घिमिरे, कुन्ती सिमली, निकोल श्रेया तामाङ, रिजवान थापा, अनिश पुडासैनी, ज्ञानु लामा लगायतका कलाकारहरूको नृत्य अभिनय रहेको नृत्यनाटक संयोग गुरागाईंले लेखेका हुन्।

सोमनाथ खनालको निर्माणमा बनेको कथक नृत्यमा आधारित यो नृत्यनाटक यही वैशाख २४ गतेसम्म मञ्चन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved