सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा हुने फाइदा

नेपालभ्युज

सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा हुने फाइदा

एजेन्सी। सुन्तलामा कैयौं पोषक तत्वहरू पाइन्छन्। त्यसैले, यो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ । तर, यसको बोक्रा पनि फाइदाका लागि फल भन्दा कम हुँदैन। यसलाई अनुहारमा लगाउँदा विभिन्न फाइदाहरू पाउन सकिन्छ । धेरैले सुन्तलाको बोक्रालाई सुकाएर धूलोलाई अनुहार धुन प्रयोग गर्दछन्। आज जानौं यसका फाइदाका बारेमा ।

अनुहारमा आएका काला साना दागधब्बाहरू हटाउनका लागि सुन्तलाको बोक्राबाट बनाएको धुलोमा कागतीको रस, एक चम्चा चन्दनको पाउडर तथा पानी वा गुलाव जल मिलाएर लगाउँदा फाइदा हुन्छ । यदि, तपाईंको छाला एकदमै चिल्लो छ भने पनि यसमा सुन्तलाको बोक्राको धुलो एक चम्चा, एक चम्चा मुल्तानी मिट्टी र एक चम्चा गुलाब जल मिसाएर पेस्ट तयार गरेर प्रयोग गर्न सकिन्छ ।

यदि, छाला घाम जलेको छ भने पनि यसको धुलो प्रयोग गर्न सकिन्छ । यसले घामले डढेको छालामा प्राकृतिक निखार ल्याउने काम गर्छ। त्यसका लागि सुन्तलाको बोक्राको धूलोमा एक चम्चा मह, थोरै बेसार मिसाएर अनुहार तथा हातखुट्टा डढेको ठाउँहरूमा लगाउनुहोस् ।

यदि, अनुहारको छालामा चमक तथा निखार ल्याउन चाहनुहुन्छ भने पनि सुन्तलाको बोक्राबाट बनेको धुलोको प्रयोग गर्न सकिन्छ । यसले प्राकृतिकरूपमा चमक ल्याउँछ र छाला गोरो देखिन्छ । त्यस्तै, सुन्तलाको बोक्राको प्रयोग गरेर स्क्रब तयार गर्न सकिन्छ ।

जसले पूरै शरीरमा लगाएर मसाज गर्दै सफा पानीले धुने गरेमा छालामा मरेका कोशिकाहरू पखालिन्छन् । जसले गर्दा छाला नयाँ, चम्किलो र मुलायम हुनेछ ।

सुन्तलाको बोक्रामा कागती मिसाएर लगाउँदा कतिपयको छालालाई सूट नगर्न सक्छ । त्यसैले प्याच टेस्ट गर्न आवश्यक हुन्छ । यदी तपाईंलाई कुनै पनि सामग्रीले नराम्रो असर गर्छ भने त्यसलाई हटाएर अन्य उपाय प्रयोग गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved