नाटक प्रदर्शन गरेर विद्यार्थीले मनाए प्रेस स्वतन्त्रता दिवस

सञ्चार अध्ययन केन्द्र (सिएससी)द्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नेपालमा प्रेस स्वतन्त्रताको अवस्थालाई झल्काउँदै नाटक प्रदर्शन गरेका हुन् ।

नेपालभ्युज

नाटक प्रदर्शन गरेर विद्यार्थीले मनाए प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ। मदन भण्डारी मेमोरियल कलेजमा नाटक प्रदर्शन गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । बुधबार कलेजको सभा हलमा आयोजित एक कार्यक्रमकाबीच विद्यार्थीहरूले ‘स्वतन्त्रताको हुंकार’ नाटक प्रदर्शन गरेका हुन् ।

सञ्चार अध्ययन केन्द्र (सीएससी)द्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नेपालमा प्रेस स्वतन्त्रताको अवस्थालाई झल्काउँदै नाटक प्रदर्शन गरेका हुन् । नाटकमा नेपालमा समकालिन राजनीतिक अवस्था र त्यसमा पत्रकारहरूमाथि हुने ज्यादती र हस्तक्षपबारे व्याङ्यात्मक रूपमा देखाइएको छ । सामाजिक सञ्जाल मार्फतपनि आफ्ना धारणहरू अभिव्यक्त गर्न सकिने नाटकमार्फत देखाइएको थियो ।

त्यस्तै, नाटकले पत्रकारहरूले गर्दा समाज परिवर्तन हने हुँदा, सञ्चारकर्मीले पनि सच्चिनुपर्ने सन्देश दिएको छ । छिटो समाचार दिने चटारो र प्रसंसा कमाउने लोभमा गलत सूचना प्रवाह गर्नु पत्रकारहरूको कमजोरी रहेको नाटकमार्फत व्यङ्ग्यात्मक रूपमा देखाइएको छ ।

उक्त नाटक विद्यार्थी दृष्टि श्रेष्ठले रचना गरेकी थिइन् भने नाटकलाई विद्यार्थी इसान पौडेल र दया दूधराजले निर्देशन गरेको सञ्चार अध्ययन केन्द्रका सदस्य निराजन खड्काले जानकारी दिए । सदस्य खड्काका अनुसार नाटकको पात्रहरूमा आस्मा सेन्चुरी, क्रितिका सुवेदी, नीरज देवकोटा, रामकृष्ण भट्ट, ईश्वर गौतम थिए । र नाटकको कथाकारको भूमिका प्रकृति थापाले निर्वाह गरेकी थिइन् । विद्यार्थीहरू माझ प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबारे प्रस्ट पार्नको सो नाटक देखाइएको सदस्य खड्काले बताए ।

कार्यक्रममा विद्यालयका क्याम्पस प्रमुख रमेश चन्द्र पौडेल, सहायक क्याम्पस प्रमुख, कमल न्यौपाने, स्कुल आफ लिबरल आट्सका प्रमुख रघु मैनालि, पत्रकारिताका शिक्षक रविराज बरालको उपस्थित थिए । कार्यक्रममा २०० जना विद्यार्थीहरूको उपस्थित रहेको र उक्त कार्यक्रम सीएससीका सदस्य युवराज खत्रीले सञ्चालन गरेको सीएससीका सदस्य खड्काले बताए ।

सञ्चार अध्ययन केन्द्र मदन भण्डारी मेमोरियल कलेज अन्तर्गतको एक विद्यार्थी समूह हो । यसले पत्रकारितासँग सम्बन्धित विभिन्न प्रयोगात्मक गतिविधिहरू गराउँदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved