प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

नेपालभ्युज

प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

बाजुरा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।

नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनका लागि गठबन्धन दलहरुसँग छलफल भइरहेकाले केही दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरे । उनले राष्ट्रिय राजनीतिका कारण प्रदेश सरकार गठनमा प्रभाव परेको बताए ।

मुख्यमन्त्री शाहका अनुसार सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरुसँग समन्वय र छलफल भइरहेको छ । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र त्यसपछि राष्ट्रिय राजनीतिमा भएको नयाँ गठबन्धनको प्रभावले सरकार विस्तारमा ढिलाइ भएको र अब चाँडै प्रदेश सरकार गठन प्रक्रियाअघि बढ्ने उनको भनाइ छ ।  रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved