दार्चुलाको बोलिनमा हिमपहिरो, यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको प्रहरीको आशंका

नेपालभ्युज

दार्चुलाको बोलिनमा हिमपहिरो, यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको प्रहरीको आशंका

काठमाडौं। दार्चुलाको व्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ ।

मंगलबार दिउँसो पौने ३ बजे हिमपहिरो गएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको प्रहरीको आशंका छ ।

हिम पहिरो गएको क्षेत्रमा ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा ३० जनाको सशस्त्र प्रहरीको टोली गएको छ ।

प्रहरीका अनुसार बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved