लुम्बिनी प्रदेश सभामा एमालेको होहल्लापछि विश्वासको मत लिने प्रक्रिया अवरुद्ध

नेपालभ्युज

लुम्बिनी प्रदेश सभामा एमालेको होहल्लापछि विश्वासको मत लिने प्रक्रिया अवरुद्ध

काठमाडौं। एमाले सांसदहरूको होहल्लापछि लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध भएको छ। प्रदेश सभाको आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विस्वासको मत लिने कार्यसूची थियो। तर, मुख्यमन्त्री नियुक्तिको पत्र प्रदेश सभालाई जानकारी नै नदिई विश्वासको मत मागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको हो।

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले यस्तो कमजोरी औंल्याएपछि सभामुख तुलाराम घर्तीले आफ्नो ध्यानाकर्षण भएको भन्दै बैठक स्थगित गरेका छन्। वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीले मङ्गलबारको बैठक सुरु भएलगत्तै प्रदेश सभामा विश्वासको मत मागेपछि एमालेले होहल्ला गरेको थियो।

एमाले सचेतक चौधरीले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको पत्र सदनलाई जानकारी नै नदिई गलत तरिकाले सदन छल्न खोजेको र कानुनविपरीत गएको भन्दै आपत्ति जनाए। नेता चौधरीले प्रदेश प्रमुखले कानुनविपरीत १६८ को २ बाट बनेको सरकारले विश्वासको मत नपाएपछि पुनः सोही धाराबाट नै सरकार बनाउने अभ्यास गलत भएको समेत बताए।

नेता चौधरीले गठबन्धन सरकारलाई आफ्नो दलबाट विश्वासको मत नदिनेसमेत जनाए । उनले सुरुवातमै गम्भीर कमजोरी गरेको सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्दै जानेसमेत बताए।

यस विषयप्रति सभामुख तुलाराम घर्तीले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री नियुक्त भएर शपथग्रहण समारोह म्यासेजमार्फत सबै माननीयलाई जानकारी गराएको र प्रदेश प्रमुखबाट पत्र आएपछि सभालाई जानकारी दिने बताएका थिए । उनले सांसद चौधरीले गराएको सचेतनाप्रति धन्यवाद दिएका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved