पुरानो घरमा ‘चे इज ब्याक’ (तस्वीरहरु)

पुरानो घरमा ‘चे इज ब्याक’ (तस्वीरहरु)
नाटक प्रस्तुत गर्दै कलाकारहरु

काठमाडौ। सिनामंगलस्थित पुरानो घर थिएटरमा अहिले नाटक ‘चे इज ब्याक’ मञ्चन भैरहेको छ।

सुलक्षण भारतीको लेखन र कुन्दनको निर्देशनमा तयार भएको नाटकमा काठमाडौमा डेरा गरि बस्ने एकजना श्रमजीवी पत्रकारको संघर्ष र क्रान्तिलाई उजागर गर्न खोजिएको छ।

रक्तपात बिना पनि क्रान्तिको संभावना देखेका श्रमजीवी पत्रकारको जिवनयापनमा आइपर्ने आरोह-अवरोहका साथै घरभेटिको छोरीसँगको प्रेमलाई पनि नाटकमा स्थान दिइएको छ।

देशमा परिवर्तन ल्याउन आफूलाई महान क्रान्तिकारी ‘चे’ मा रुपान्तरण गर्ने श्रमजीवी पत्रकारको कारुणिक अन्त्य भएको नाटकमा रितेश कार्की, निशा दाहाल, अरुण पौडेल, मोनाली डंगोल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यहि बैशाख १५ गतेदेखि मञ्चन भएको नाटक बुधबार बाहेक हरेक दिन साँझ ५:३० बजे मञ्चन हुने थिएटरले जनाएको छ। शनिबार भने दिउँसो १:३० बजे नाटकको अतिरिक्त शो मञ्चन हुने छ। पुरानो घर थिएटरका अनुसार नाटक आगामी जेठ ७ गते सम्म मञ्चन हुनेछ।

नाटकका तश्वीरहरु :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved