ट्विटरमा समाचार पढ्न अब पैसा तिर्नुपर्ने

नेपालभ्युज

ट्विटरमा समाचार पढ्न अब पैसा तिर्नुपर्ने

काठमाडौं। आगामी महिनादेखि ट्विटरमा समाचार पढ्न पैसा तिनुपर्ने भएको छ । ट्विटरका मालिक एलन मस्कले अर्को महिनादेखि मिडिया प्रकाशकहरूले ट्विटरमा प्रकाशन गरेका सामग्री (समाचार तथा लेख) पाठकहरूले पैसा तिरेर मात्रै पढ्न सक्ने व्यवस्था उपलब्ध गराउने बताएका हुन्।

विभिन्न सञ्चार माध्यमहरूमा मासिक एवं वार्षिक शुल्क तिरेर मात्रै आफ्ना प्रकाशनहरू पढ्न दिने पुरानो तरिकालाई मस्कले सुविधासँगै प्रयोगकर्तालाई प्रत्येक लेखको आधारमा शुल्क लगाउने बताए ।

मस्कले ट्वीटरमा लेखेका छन्, ‘अर्को महिना सार्वजनिक हुने फिचरमा यो प्लेटफर्मले मिडिया प्रकाशकहरूलाई प्रत्येक लेखमा एक क्लिकका लागि मूल्य तोक्न सक्नेछन् ।’

उनले यो मिडिया र पब्लिक दुवैका लागि जित भएको बताएका छन् । ४४ अर्ब अमेरिकी डलरमा कम्पनी खरिद गरेयता मस्कलले ट्विटरमा निकै परिवर्तन ल्याएका छन् ।

यस्तै, मस्कले यसै महिनादेखि क्रिएटरहरूलाई आफ्नो कन्टेन्ट हेर्न पैसा तिर्नुपर्ने फिचरसमेत उपलब्ध गराउँदै छ । प्रत्येक महिना २.९९, अमेरिकी डलर, ४.९९ र ९.९९ अमेरिकी डलरका तीन फरक शुल्क दर क्रिएटरहरूलाई उपलब्ध गराउनेछ ।

त्यस्ता क्रिएटरहरूको कन्टेन्ट हेर्न प्रयोगकर्ताले माथिमध्ये तोकिएको शुल्क तिर्नुपर्नेछ । १२ महिनासम्म यसरी उठेको कुनै पनि पैसा कम्पनीले नराख्ने र सबै क्रिएटरले नै पाउने मस्कको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved