एजेन्सी। घरका सबै भाँडालगायत सामानहरू समय समयमा फोहोर हुने गर्दछ । अहिले गर्मीको मौसम छ । यस्तोमा थोरै पनि फोहोर चीज खाएको खण्डमा बिरामी पर्ने सम्भावना हुन्छ । गर्मीमा पानीका बोतल एकदमै धेरै प्रयोगमा आउँछन् । त्यसैले, यी प्रयोग गर्दागर्दै फोहोर पनि हुन्छन् ।
यदि, तपाईं पनि फोहोर बोतललाई सजिलै सफा गर्न चाहनुहुन्छ भने यस्ता उपाय अपनाउन सक्नुहुन्छ ।
बोतलको दाग हटाउने तरिका
पानीको बोतललाई सफा गर्नका लागि भेनेगरको प्रयोग गर्न सकिन्छ । यसले बोतलमा लागेको त्यस्तो दाग पनि निकाल्छ जसलाई सामान्य साबनले पनि निकाल्न सक्दैन ।
दाग हटाउनका लागि मनतातो पानीमा ३–४ चम्चा भेनेगर मिसाउनुहोस् । अब उक्त झोलमा एक चम्चा बेकिङ पाउडर मिसाउनुहोस् र राम्रो घोल तयार गर्नुहोस् । अब उक्त घोललाई बोतलमा राखेर केहीबेर त्यत्तिकै छोड्नुहोस् । त्यसपछि बोतललाई बाहिर र भित्रबाट राम्रोसँग सफा गर्ने । तपाईंको बोतल फेरि नयाँ जसरी चम्किनेछ ।
बोतलको गन्ध हटाउने तरिका
कहिलेकाहीँ बोतलबाट नराम्रो गन्ध पनि आउने गर्छ । यसका लागि बोतलमा एकदम तातो पानी राख्ने र जोडसँग हल्लाएर सफा गर्ने । यसरी बोतलको गन्ध तुरुन्तै हट्नेछ ।
सर्फले सफा गर्ने तरिका
फोहोर बोतललाई तपाईं सर्फको पनि प्रयोग गर्न सक्नुहुन्छ । सर्फको घोल एकदमै बलियो हुन्छ जसले बोतलको एकदमै कडा दागलाई पनि सजिलै सफा गर्दछ ।
Facebook Comment
Comment