एजेन्सी । धेरै व्यक्तिले सोंच्ने गर्छन् अत्यधिक पैसा खर्च गरेर मात्र ट्रिप वा कुनै यात्रालाई सफल बनाउन सकिन्छ । तर तपाईंले थोरै बजेटमा पनि राम्रो यात्रा गर्न सक्नुहुन्छ । त्यसका लागि केही कुरा ध्यान दिनु पर्दछ । आउनुहोस् जानौं ती टिप्सका बारेमा जसले तपाईंको यात्रा कम खर्चमै शानदार हुनेछ ।
लोकल मार्केटबाट सामान किन्ने
यदि तपाईं कतै घुम्न जानुहुन्छ भने त्यहाँ केही सामान किन्न मन लाग्छ तर त्यो सामान महंगो हुन सक्छ । तर तपाईंले त्यहीँ ठाउँको स्थानीय बजारको बारेमा जानकारी लिनुभयो र सो सामान त्यहाँ गएर किन्नु भयो भने पैसा बच्नेछ । यसरी तपाईंले धेरै पैसा बचत गर्न सक्नुहुन्छ ।
अफ सिजनमा घुम्न जाने
कतिपय ठाउँमा मौसमअनुसार सिजनमै घुम्न जानुपर्ने हुन्छ । तर यदि ठाउँ त्यस्तो खालको छैन भने तपाईं अफसिजनमा घुम्न जान सक्नुहुन्छ । त्यस्तो बेला तपाईंलाई होटेल, यात्रा आदिको खर्च कम पर्न जान्छ । यसरी तपाईंले महंगो ठाउँ पनि सस्तोमा घुम्ने मौका पाउनुहुनेछ ।
अग्रीम होटल बुकिंग
जहाँ पनि घुम्न जानु अघि नै होटल तथा बस्ने ठाउँको बारेमा जानकारी लिएर अग्रीम बुकिंग गर्नु पर्दछ । यसले तपाईंलाई घुम्ने ठाउँमा पुगेपछि कहाँ बस्ने भन्ने चिन्ता पनि हुँदैन । तपाईंले पहिले नै बुकिंग गर्दा सस्तो वा छानेर आफूले चाहेको ठाउँमा बस्न पाउनुहुनेछ ।
साथीहरु बनाउने
तपाईं जहिले पनि घुम्नका लागि साथीहरु बनाउनुहोस् । यसरी घुम्न जाँदा बजेटमा बाँडफाँड हुन्छ जसले गर्दा खर्च कम पर्छ । तपाईं होटेल लगायत अन्य ठाउँमा सेयर गरेर बस्न सक्नुहुन्छ । त्यस्तै घुम्ने ठाउँमा पनि समूहका लागि सहुलियतका विकल्प हुन्छन् । रमाइलो पनि हुने र खर्च पनि कम हुने हुनाले साथीभाईसँग घुम्न जाँदा राम्रो हुन्छ ।
लोकल खाना खाने
त्यस्तै खानामा पनि घुम्ने क्रममा निकै खर्च हुन्छ । त्यसैले जहाँ घुम्न गएको छ त्यहाँको लोकल चिज खाने प्रयास गर्नुहोस् । जो सजिलै र सस्तोमा पाउन सकिन्छ । कतिपयको बानी ठाउँअनुसारको नभएर अनेक प्रकारको खाना खोज्ने बानी हुन्छ । जो एकदमै गलत हो । किनकी सोही ठाउँको स्थानीय खानेकुरा जस्तो स्वादिलो अन्य हुँदैन ।
Facebook Comment
Comment