एसीसी प्रिमियर कप : कुवेतसँग नेपाल पहिले ब्याटिङ गर्दै

नेपालभ्युज

एसीसी प्रिमियर कप : कुवेतसँग नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्दैछ । त्रिवी क्रिकेट मैदानमा कुवेतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

आज विजयी हुने टोली फाइनलमा पुग्नेछ । नेपाल प्रतियोगितामा अपराजित टोली हो । नेपालले कतार,ओमान र मलेसियालाई हराएको थियो भने साउदी अरेवियासँगको खेल वर्षाका कारण रद्द भएर अंक बाँडेको थियो ।

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

यस्तै मुल्पानी मैदानमा यूएईले ओमानसँग खेल्दैछ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । यस प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसियाकप खेल्न पाउनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved