गर्भावस्थामा साइक्लिङ गर्नु कतिको सुरक्षित ?

नेपालभ्युज

गर्भावस्थामा साइक्लिङ गर्नु कतिको सुरक्षित ?

एजेन्सी । गर्भावस्था एउटा यस्तो समय हो, जहाँ महिलाहरु के गर्दा बच्चा र आफूलाई सुरक्षित हुन्छ के गर्दा हुँदैन भनेर जान्न उत्सुक रहिरन्छन् ।

जब महिला गर्भवती हुन्छन् उनीहरुले एकदमै धेरै भारी काम तथा व्यायामबाट बच्ने गर्दछन् । तर कोही महिला भने गर्भावस्थाको बेला पनि एकदमै सक्रिय हुने तथा विभिन्न व्यायाम तथा कसरत गर्ने गर्दछन् । गर्भावस्थाको बेला स्वीमिंग गर्नु कत्तिको उचित हुन्छ भनेर पनि महिलाहरुले सोधिरहेका हुन्छन् ।

त्यस्तै साइकिलिंग गर्दा कुनै खतरा छ कि छैन ? त्यसैले यसबारेमा विशेषज्ञहरुको विचार जान्न एकदमै जरुरी हुन्छ । जसले गर्दा उनीहरुले जे गर्दा पनि ढुक्कसँग गर्न सक्छन् । त्यसैले विज्ञेषज्ञका अनुसार गर्भावस्थामा साइकिलिंग गर्नु त्यस्तो खतरा हुँदैन । तर एकदमै सावधानी अपनाएर साइकल चलाउन सकिन्छ । जसका यस्ता फाइदाहरु छन्–

तौल बढ्दैन

गर्भावस्थाको बेला कैयौं महिलाहरुको तौल बढ्ने गर्छ । यस्तोमा साइकिलिंग गर्नु तपाईंका लागि एकदमै फाइदाजनक हुन सक्छ । किनकी चाहिनेभन्दा धेरै बढेको तौलले तपाईंलाई बेफाइदा नै गर्छ । यसका लागि तपाईं थोरै समय साइकिंलिंग गर्न सक्नुहुन्छ ।

मुटुको लागि राम्रो

कैयौं अध्ययनमा बताइएको छ, गर्भावस्थाको बेला यदी तपाईं व्यायाम गर्नुहुन्छ भने तपाईंको मुटुको स्वास्थ्यका लागि पनि यो फाइदाजनक हुने गर्दछ ।

निद्रामा सुधार

गर्भावस्थाको बेला निद्रासँग जोडिएको समस्या धेरै महिलाहरुलाई हुने गर्दछ । यस्तो गर्भवती महिलाले हल्का व्यायाम गर्दा फाइदा गर्दछ ।

कहिलेसम्म गर्ने साइकिलिंग

स्वास्थ्य विशेषज्ञहरुले दिएको सल्लाह अनुसार गर्भवती महिलाहरु दोस्रो त्रैमासिक वा लगभग ६ महिनापछि सडकमा साइकल चलाउनु हुँदैन । यदी विशेषज्ञको सल्लाहअनुसार कसरत गर्ने जिमको साइकलमा चलाउनुहुन्छ भने ठिक छ ।
ध्यान दिनुपर्ने कुरा

– गर्भावस्थामा साइकल चलाउँदा त्यस्तो साइकलको छनोट गर्नुपर्दछ जसमा अगाडि झुक्नु नपर्ने होस् ।
– तपाईं साइकल चलाउनका लागि अलि फराकिलो सिट भएको साइकलको प्रयोग गर्नुहोस् ।
– साइकल चलाउँदा गतिलाई सिमित गर्नुपर्दछ ।
– साइकल चलाउनुअघि सीट तथा ह्यान्डललाई आफ्नो हिसाबले मिलाउनुहोस् ।
– सकेसम्म साथमा कोही साथीलाई पनि लिएर हिँड्नुहोस् ।
– यो सबै गर्नुअघि आफ्नो डाक्टरसँग सल्लाह लिनु सबैभन्दा महत्वपूर्ण विषय हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved