कपालमा किन धेरै पसिना आउँछ ?

नेपालभ्युज

कपालमा किन धेरै पसिना आउँछ ?

एजेन्सी। कतिपय व्यक्तिलाई गर्मीमा शरीरमा एकदमै पसिना आउँछ भने कतिपयलाई शरीरसँगै टाउकोमा पनि एकदमै पसिना आउँछ । टाउकोमा आएको पसिनाले कपाललाई फोहोर बनाउँछ । कपाल वा टाउकोमा आउन पसिना त्यत्तिकै आउँदैन यसको पनि केही कारणहरू छन् जसलाई जान्न जरुरी हुन्छ ।

कपालमा धेरै पसिना आउनुको कारण हाइपरहाइड्रोसिस नामको बिमारी हुनु हो । यसमा टाउको तथा अनुहारमा धेरै पसिना आउँछ ।

त्यस्तै, कपालमा पसिना आउने सबैभन्दा ठूलो कारण ल्याक्टिक एसिड जिम्मेवार हुन्छ । यसले केरोटिनसँग मिलेर कपाललाई कमजोर बनाउने गर्दछ जसकारण कपाल झर्न थाल्छ ।

प्रशस्त मात्रामा पानी पिउने गरेमा हाइड्रेट भइन्छ जसले गर्दा टाउकोमा कम पसिना आउँछ । दिनभर जति धेरै पानी पिउन सक्नुहुन्छ पिउने कोसिस गर्नुपर्दछ । त्यस्तै, तनाव तथा उच्च रक्तचाप भएको अवस्थामा पनि धेरै पसिना आउँछ । त्यसैले, दिनहुँ तनाव कम गर्ने कोशिस गर्नुपर्दछ ।

पसिनाको कारणले टाउकोमा चायाँ हुन थाल्छ । त्यसैले, कागतीको रस कपालमा लगाउन सकिन्छ । यसले चायाँ हटाउने काम गर्छ । कपाल एकदमै छिटो चिल्लो हुन्छ भने कपाललाई छिटो-छिटो धुने गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved