मन्दिरमा नराख्नुस् यस्ता चिजहरू, बढ्न सक्छ संकट

नेपालभ्युज

मन्दिरमा नराख्नुस् यस्ता चिजहरू, बढ्न सक्छ संकट

एजेन्सी। हरेक हिन्दूहरूको घरमा सानो भए पनि पूजास्थल हुने गर्दछ । घरको मन्दिर सबैभन्दा स्वच्छ तथा भगवानको आराधनाका लागि बनाइएको हुन्छ । घरमा मन्दिर हुँदा भगवानको बास हुन्छ भन्ने मान्यता छ।

घरको मन्दिरमा पूजा गर्दा कतिपय व्यक्तिहरू सानो सानो कुरामा ध्यान दिइरहेका हुँदैन । तर, कहिलेकाहीँ त्यही सानो गल्तीले पनि पूजाको फल प्राप्त भइरहेको हुँदैन । शास्त्रहरूका अनुसार घरको मन्दिरमा केही कुराको विशेष ध्यान दिन जरुरी छ । जसले देवीदेवता प्रसन्न भइरहन्छन् र परिवारका सबै सदस्यमा कृपा गरिरहन्छन् । जानौं ती साना गल्तीका बारेमा:

अगरबत्ती नराख्नुहोस्

मन्दिरमा दिनहुँ पूजा गर्दा धुप वा अगरबत्ती जलाउने गरिन्छ । वास्तुका अनुसार अगरबत्ती वा धुप जलिसकेपछि जो राख वा खरानी बचेको हुन्छ त्यसलाई मन्दिरबाट हटाइहाल्नुपर्छ । यसरी मन्दिरलाई सफा राख्ने प्रयास गर्नुपर्छ ।

मन्दिरमा सलाई नराख्नुहोस्

मन्दिरमा पूजा गर्दा जलाइने धुप वा अगरबत्तीलाई जलाउनका लागि सलाईको आवश्यकता पर्दछ । तर, धार्मिक मान्यताअनुसार सलाईंलाई नकारात्मक शक्तिको प्रतिक मानिन्छ । त्यसैले वास्तुशास्त्रमा पूजा घरमा सलाईं राख्न मनाही गरिएको छ । यदि, सलाईं राख्नुहुन्छ भने पनि कुनै कागज वा कपडाले बेरेर राख्न सक्नुहुन्छ ।

ओइलिएको फूल हटाउनुहोस्

मन्दिरमा कहिल्यै पनि धुप सल्काउँदा प्रयोग गरिएको सलाईंको टुक्रा, ओइलिएको फूलहरू राख्नु हुँदैन । यस्तो फोहोरलाई मन्दिरबाट तुरुन्तै हटाइहाल्नुपर्छ । वास्तुअनुसार यस्तो चीजले नकारात्मक शक्तिलाई आकर्षित गर्दछ ।

पहेंलो बत्ती बाल्ने

मन्दिरमा कस्तो खालको बत्ती बाल्ने भनेर मानिस कन्फ्यूज भइरहेका हुन्छन् । शास्त्रहरूका अनुसार देवीदेवतालाई पहेंलो दीप बालेको मन पर्छ । त्यसैले, मन्दिरमा यदी बत्ती बाल्नुपर्‍यो भने पनि पहेंलो रंगको बाल्नुपर्दछ । जसले गर्दा मन्दिरमा पहेंलो उज्यालो रहनेछ र परिवारमा खुसी ल्याउनेछ ।

उग्र देवीदेवताको तस्वीर नराख्ने

कहिल्यै पनि मन्दिरमा शान्त तथा उग्र स्वभावका देवीदेवतालाई एकैठाउँमा राख्नु हुँदैन । जहिले पनि उग्र खालका देवीदेवताको तस्वीरलाई अन्य तस्वीरबाट केही दूरीमा राख्न सकिन्छ । यसरी शास्त्रका कुराहरूलाई ध्यानमा दिएर तपाईंले मन्दिरको व्यवस्थापन गर्न सक्नुहुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved